एनएमबि बैंकमा अब भाइबरबाटै खाता खोल्न मिल्ने

३० बैशाख २०७७, मंगलवार १७:३३

काठमाडौं , एनएमबि बैंकमा अब भाइबरबाटै खाता खोल्न मिल्ने भएको छ । फेसबुक म्यासेन्जरबाटै खाता खोल्ने योजना ल्याएको बैंकले भाइबरमार्फत् पनि यस्तो व्यवस्था गरेको हो ।

लकडाउनका अवधिमा घरबाटै खाता खोल्न सक्ने व्यवस्थालाई सहजीकरण गर्दै बैंकले यस्तो व्यवस्था गरेको जनाएको छ ।