एनआरएनए विश्व सम्मेलन काठमाडौँमा सुरु

२८ आश्विन २०७६, मंगलवार १२:२२

काठमाडौं, गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन मंगलबारदेखि राजधानीमा सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले एक विशेष समारोहका बीच सम्मेलनको उद्घाटन गर्नु भएको हो ।

‘म, मेरो, एनआरएनए र मेरो नेपाल’ भन्ने नारासहित सुरु भएको सम्मेलनमा विश्वभरबाट २५ सय प्रतिनिधि सहभागी भएको बताइएको छ ।

दुई दिनसम्म होटल हायात रिजेन्सीमा चल्ने सम्मेलनबाट नयाँ नेतृत्वसमेत चयन हुनेछ ।

आगामी नेतृत्वका लागी कुमार पन्त र कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् ।

नेपाल सरकार, नेपाल उद्योग बाणिज्य महासंघ र एनआरएनएको संयुक्त आयोजनामा सम्मेलन आयोजना भएको हो ।

यसैगरी परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, एनआरएनका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पूर्व अध्यक्ष शेष घले तथा अध्यक्ष भवन भट्टले सम्बोधन गर्नु भएको थियो ।