एनआई सी एशिया बैंकको नयाँ शाखा प्युठानको जुम्रीमा

२९ कार्तिक २०७४, बुधबार १३:३६

कात्तिक २९, काठमाडौं । एनआई सी एशिया बैंकले आफ्नो नयाँ शाखा प्युठानको जुम्रीमा स्थापना गरेको छ । प्युठान उद्योग बाणिज्य सघंका अध्यक्ष श्रीे ज्ञ्यामुराम न्यौपानेले जुम्रीमा मंगलवार एक कार्यक्रमका बीच बैंकको शाखाको उद्घाटन गरेका हुन् ।

शाखा सञ्जाल, एटिएम संख्या, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको जनाएको छ ।