एक सय १० जना रुसी नागरिक स्वदेश फर्किए

८ बैशाख २०७७, सोमबार १४:४५

काठमाडौ, कोरोना भाइरसका कारण नेपालमा लकडाउन बढेपछि अड्किएका ११० जना रुसी नागरिक स्वदेश फर्किएका छन्। रूसको रोयल फ्लाइट एयरलाइनन्सले सोमबार १२ बजे रसियन नागरिक लिएर गएको हो।

लकडाउनका कारण रोकिएका आफ्ना नागरिकलाई लिन रसियन दूतावासले विमान चार्टर्ड गरेको हो। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका अध्यागमन प्रमुख सागर आचार्यले नेपालमा रहेका ११० जना नागरिक स्वदेश फर्काइएको जानकारी दिनु भयो । लकडाउनका कारण नेपालमा रोकिएका विभिन्न देशका नागरिकलाई उनीहरुको देशले विमान चार्टर्ड गरी उद्दार गरिरहेको छ। यसअघि युरोप र अमेरिकाका धेरै मुलुकले नेपालबाट आफ्नो नागरिक फिर्ता लगिसकेका छन्। लकडाउनयता नेपालबाट करिब ४ हजारभन्दा बढी विदेशी आफ्नो मुलुक फिर्ता भइसकेका छन्