एक किलो सुनसहित दुई महिलालाई पक्राउ

९ मंसिर २०७६, सोमबार १२:२०

काठमाडौं , सोमबार विहान प्रहरीले नेपाल चीन सीमा क्षेत्र रसुवागढी नाकाबाट झण्डै एक किलो सुनसहित दुई महिलालाई पक्राउ गरेको छ । उनीहरुलाई पटुकामा बाँधेर ल्याएको अवस्थामा ६ ओटा सुनको डल्लासहित पक्राउ गरिएको हो ।

प्रहरीले पक्राउ पर्नेको नाम भने सार्वजनिक गरिसकेको छैन । प्रहरीका अनुसार पत्रकार सम्मेलन गरेर उनीहरूलाई सार्वजनिक गर्ने तयारी छ ।