एक अर्कालाई आलोचना गर्ने पुरानै प्रवृति

५ माघ २०७७, सोमबार ०८:४७

डा डिआर उपाध्याय

देशमा चरम राजनीतिक अस्थिरता छाएको छ । राजनीतिक अस्थिरताले अव के हुन्छ केहि भन्न सकिने अवस्था छैन । वैशाखमा दुई चरणको निर्वाचन मिति सार्वजनिक भएको छ । तर निर्वाचन घोषित मितिमा हुन्छ या हुदैन त्यो पनि किटान गरेर भन्न सकिने अवस्था छैन । लोकतन्त्रमा निर्वाचन हुन नसके संवैधानिक संकट आउन सक्ने खतरा पनि उत्तिकै छ । त्यसैले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन अनिवार्य सर्त हो । ओली समूह बाहेक अरु दलहरुले ससद पुनस्थापनाको माग अघि सारेर आन्दोलनमा छन् । समस्याको समाधान आन्दोलन होइन, संवाद, सहमति र सहकार्य नै समस्याको समाधान हो । राजनीतिक दलहरु समस्या बल्झाउने भन्दा पनि समस्या समाधान गर्ने बाटो तर्फ अग्रसर हुन जरुरी छ । नेपाली जनताले लामो समयदेखि राजनीति दल र तिनका नेताहरुको बानी व्यवहार,आचरण र कार्यशैली नियाल्दै आएका छन् । दल र तिनका नेताहरु आफू सत्तामा हुँदा सबै कुरा ठिक देख्छन् जब आफू सत्ता देखि बाहिर हुन्छन् तब अरुलाई दोषि देख्छन् । राजनीतिमा यस्तो प्रवृति परम्परा देखि चल्दै आएको छ । हरेक राजनीतिक दलहरुले सत्तामा नपुगुञ्जेल सम्म जनताको सहानुभूति बटुल्ने काम गर्छन् तब तिनै राजनीतिक दल सत्तामा पुग्छन् अनि जनताका सबै कुरा बिर्सिदिन्छन् । अहिले सम्म नेपालमा भ्रमको राजनीति छरिएको छ र परिणाम पनि त्यस्तै आएको छ । जनताले बिहान बेलुकाको छाक टार्न सकिरहेका छैनन् । नेताहरु खोक्रा भाषण गरेर अझै थाकेका छैनन् । अब जनतालाई खोक्रा भाषण र आश्वासन भन्दा परिणाम चाहिएको छ । नेताका भाषणमात्र सुनेर जनता थाकी सके । अब राजनीतिक दल र तिनका नेताहरुले यी सब नौंटकीं बन्द गर्नु पर्छ । अहिले आएर प्रधानमन्त्री ओलीले चालेको कदम संवैधानिक कि असंवैधानिक भन्दै बहसको विषय बनेको छ। सत्ता पक्ष र प्रतिपक्ष आआफ्नो अडानमा छन्। मुलुकको सबैभन्दा ठूलो पार्टी नेकपा दुई खेमामा विभाजित छ यता प्रमुख प्रतिपक्ष कांग्रेस भने दोधारमा देखिएको छ । मध्यावधि चुनावमा जाने कुरा र संसद पुनस्थापनाको विषयमा पनि प्रष्ट छैन । अहिले कांग्रेस दोधारको स्थितिमा छ । प्रधानमन्त्री ओलीको आलोचना गरेर मात्र समस्या समाधान हुँदैन । ओलीको ठाउँमा, प्रचण्ड, शेरबहादुर देउवा वा माधव नेपाल जो आए पनि समस्या समाधान हुने होइन। यी नेताहरू एकपटक मात्र होइन पटकपटक मुलुकको प्रधानमन्त्री हुने अवसर पाए तर आफू प्रधानमन्त्री हुँदा जनताको नाममा सिन्को सम्म भाच्न नसक्ने तर पदबाट हटेपछि एक अर्कालाई आलोचना गर्ने पुरानै प्रवृति हो ।
संवाद, सहमति र सहकार्य नै समस्याको समाधान