एकै परिवारका ६ जनासहित ३८ बेपत्ता, ८ घाइते

३० श्रावण २०७७, शुक्रबार १२:२६

काठमाडौं, सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा परी एकै परिवारका ६ जनासहित ३८ जना बेपत्ता भएका छन्।

पहिरो गएको स्थलमा रहेका स्थानीय निरोज चौलागाईले स्थानीय मानबहादुर दोङको परिवारको ६ जनासहित ३८ जना बेपत्ता भएको जानकारी दिनु भयो । उहाँले ८ जना घाइतेलाई उद्धार गरी उपचारका लागि पठाइएको जानकारी दिनु भयो ।