एकैदिन पाल्पाका ९३ जनामा कोरोना संक्रमण पुष्टि

११ असार २०७७, बिहीबार १४:२४

पाल्पा , चितवनको भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा पाल्पाका ९३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । भरतपुर अस्पतालले बिहीबार बिहान सूचना निकालेर असार १० गते गरिएको पीसीआर परीक्षणमा ९३ जनामा संक्रमण देखिएको जनाएको छ ।
पाल्पाका विभिन्न ठाउँबाट २ सय ३४ वटा नमूना परीक्षणका लागि भरतपुर ल्याइएको थियो । चितवनको भरतपुर अस्पतालमा १५, सीएमसी मेडिकल कलेजमा ४, पुष्पाञ्जलीका २, क्यान्सर अस्पतालका २६, सीओएसएसका १६ र पाल्पाका समेत गरेर हिजो कुल २ सय ९७ वटा नामूनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो ।
प्रयोगशाला सञ्चालन पछि सबैभन्दा धेरै संक्रमित भेटिएको यो पहिलो पटक हो ।