एकैदिन तोलामा ९ सयले बढ्यो सुनको मूल्य

१९ कार्तिक २०७७, बुधबार ११:००

काठमाडौँ , बुधबार सुनको मूल्य वृद्धि भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा रु ९ सयले बढेर प्रतितोला ९६ हजार ३ सयमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार छापावाला सुन तोलाको रु ९५ हजार ४ सयमा कारोबार भएको थियो ।

त्यस्तै बुधबार तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार ८ सयमा कारोबार भइरहेको छ ।

त्यसैगरी बुधबार चाँदीको मुल्य भने तोलाको रु ५ ले घटेर प्रतितोला १२ सय ५ रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।