एकाएक ठाकुर पक्षको बैठक स्थगित

१० मंसिर २०७५, सोमबार १२:०७

काठमाडौं–राष्ट्रिय जनता पार्टी राजपा नेपालमा रहेका तत्कालीन तमलोपाका नेता तथा कार्यकर्ताको बैठक स्थगित भएको छ ,

राजपा नेपालको संयोजकबाट महन्थ ठाकुरलाई हटाएर राजेन्द्र महतो नयाँ संयोजक बनेपछि सो पार्टीमा विवाद चुलिएको हो । ठिक यसै बेला आन्तरिक छलफलका लागि भन्दै ठाकुर पक्षले छुट्टै बैठक बोलाएको थियो ।राजपा नेपालका वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लालको सक्रियतामा बैठक बोलाइएको थियो ।यसबारे उपाध्यक्ष लाले बृहद् रुपमा छलफल गर्न लागेको तर गुटको भेला भन्दै गलत प्रचार भएकाले तत्कालका लागि बैठक स्थगित गरिएको प्रतिक्रिया दिए ।