एउटा केन्द्रमा १३ वटा बुथ, सजिलै मतदान हुने भण्डारीको सुर

२० मंसिर २०७४, बुधबार ०८:३१

मंसिर २०, रुपन्देही ।
भोली हुन लागिरहेको रुपन्देहीको क्षेत्र नम्बर दुई अन्र्तगत बुटवल उपमहानगरपालिका वडा नम्वर ११ को लुम्बिनी वाणिज्य क्याम्पस देवीनगरमा १३ वटा बुथ रहेका छन् । उक्त केन्द्रबाट १३ हजार ६ सय ६७ मतदाताले मतदान गर्दैछन्। बुटवल उपमहानगरपालिकाको सबैभन्दा ठूलो वडा नगरपालिकाको लागि निर्णायक क्षेत्र मानिन्छ । १३ हजार मतदाता भएकाले यो केन्द्रमा मतदातालाई सहज रुपले मतदान गर्ने समस्या हुने देखिएको छ । तर जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले धेरै बुथ भएर समस्या नहुने जनाएको छ । अन्य क्षेत्रमा जस्तै कर्मचारी र सुरक्षा व्यवस्था मिलाईएको मुख्य निर्वाचन अधिकृत अयोध्याप्रसाद भण्डारीले बताए । भित्र जाने एउटै गेट भएकाले बढी भिडभाड हुने भएपनि सुरक्षाकर्मीले सहज बनाउने उनले बताए ।