एउटा अचम्मको देश जहाँ मान्छेभन्दा सुँगुरको संख्या दोब्बर

२१ चैत्र २०७४, बुधबार ०८:१२

चैत २१, काठमाडौं । एजेन्सी

युरोपेली देश डेनमार्कमा मान्छेभन्दा सुँगुरको संख्या दोब्बर बढी पुगेको छ ।

युरोस्टाटको रिपोर्ट अनुसार डेनमार्कमा हरेक १ सय जना मानिसको तुलनामा २ सय १५ वटा सुँगुर छन् ।

 

युरोपमा मानिसको अनुपातमा सुँगुर र मानिसको अनुपात बढी भएको दोश्रो देश नेदरल्याण्ड हो । नेदरल्याण्डमा हरेक १ सय मानिसका लागि ७० वटा सुँगुर रहेका छन् ।

 

त्यस्तै स्पेनमा हरेक १ सय मानिसका लागि ६३ वटा सुँगुर र बेल्जियममा हरेक १ सय जना मानिसका लागि ५४ वटा सुँगुर रहेका छन् ।

 

युरोपियन तथ्यांक एजेन्सी युरोस्टाटका अनुसार युरोपियन युनियनका सबै देशमा गरी मानिसको जनसंख्या १५ करोड छ भने सुँगुरको जनसंख्या ८ करोड ९० लाख छ ।

 

युरोपेली युनियनका देशहरुमा रहेका ८ करोड ९० लाख सुँगुरमध्ये ४० प्रतिशत स्पेन र जर्मनी गरी दुई देशमा रहेका छन् ।

त्यस्तै फ्रान्स, डेनमार्क, नेदरल्याण्ड र पोल्याण्डमा पनि सुँगुरको संख्या उच्च छ ।