उम्मेद्वार छनौटको विषय लिएर कांग्रेसभित्र खुकुरी हानाहान, १० घाइते

२१ भाद्र २०७४, बुधबार १२:५७
latest news from kathmandu nepal, breaking news from kathmandu nepal

भदौ २१, सिराह । असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह तेस्रो चरणको निर्वाचनको लागि २ नम्बर प्रदेशमा उम्मेदवार छनौटको विषयलाई लिएर सिराहमा नेपाली कांग्रेस कार्यकर्ताबीच खुकुरी हानाहान भएको छ ।

बुधबार सिराह नगरपालिकाको मेयरमा कांग्रेसले पार्टी कोषाध्यक्ष सितादेवी यादवको छोरा डा. सुवासचन्द्र यादवलाई उठाउने भएपछि पार्टी कार्यालयमा भएको खुकुरी हानाहानमा कांग्रेसका १० कार्यकर्ता घाइते भएका छन् ।

सिरहा क्षेत्र नम्बर ३ का सभापति संजय प्रकाश यादवले मंगलवार साँझ पार्टी कार्यालयमा सिरहा नगरपालिकामा सिफारिस भएका वडा अध्यक्षहरुको लागि मनोयन पत्र लिन पुुगेका थिए । तर, उनलाई कार्यालयका सचिव रामबाबु यादवले दिएनन् ।

बुुधवार पुनः मनोयन पत्रका लागि जाँदा पनि कार्यालय सचिव रामबाबु यादवले विवाद गरेपछि झडप भएको सिरहा नगरपालिका मेयरका उम्मेदवार डा यादवले जानकारी गराएका छन् । उम्मेदवारी दर्ता गर्ने क्रममा पार्टी सचिव उपेन्द्र यादवले सुवाचन्द्रको विरोध गरेपछि विवाद सृजना भएको थियो ।

यादवले सिरहा नगरपालिकामा मेयरको दाबी गरेका थिए । विवादले उग्ररुप लिँदा खुकुरी हानाहान भएको हो । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । अहिले घटनास्थलमा प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।