उपहार (कविता)

२७ बैशाख २०७५, बिहीबार ०५:२१

वैशाख २७, काठमाडौं ।

कमला खड्का

बत्तीसपुतली, काठमाडौं

नओइलिने फूल टिपेर
नमेटिने रंग पोतेर
ननासिने सौगात सजाएर
म तिमीलाई एउटा छुट्टै
नौलो र फरक
उपहार दिन आतुर छु ।

गोधुली साँझमा
देउरालीलाई साक्षी राख्दै
उपहारको सँगालो
तिम्रो पोल्टामा छोडेर
म गुँरास टिप्न जानेछु
त्यही कोसेली हेरेर
तिमी रमाइरहनू
हेरिरहनू आँखाभरि
म फर्केर आउने बाटो ।
म आएर चुम्नेछु
उही उपहारमा दिएको
त्यो नओइलिएको फूल ।