उपसभामुखमा शिवमाया तुम्बाहाम्फे निर्वाचित

२ चैत्र २०७४, शुक्रबार ११:२२

चैत २, काठमाडौं ।

एमाले सांसद शिवमाया तुम्बाहाम्फे उपसभामुखमा निर्वाचित भएकी छन् ।

प्रतिनिधिसभाको उपसभामुखका लागि तुम्बाहाम्फेसँगै कांग्रेसकी पुष्पा भुसालको उम्मेदवारी परेको थियो । तर, वाम गठबन्धनकी उम्मेदवार तुम्बाहाम्फे विजयी भएकी छन् ।

तुम्बाहाम्फेको पक्षमा २०१ मत परेको छ भने विपक्षमा ५८ मत खसेको छ ।

त्यसअघि, भुसाललाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो । कांग्रेस उम्मेदवार भुसालको पक्षमा मात्र ६१ मत खस्यो भने विपक्षमा २०१ मत परेको थियो ।