उपराष्ट्रपतिको कार्यालय समाज कल्याण परिषद्को भवनमा सर्ने

१७ मंसिर २०७५, सोमबार ०८:४६

काठमाडौँ
उपराष्ट्रपतिको कार्यालय तथा निजी आवास अन्ततः लैनचौरस्थित समाज कल्याण परिषद्को भवनमा सर्ने पक्का भएको छ  ।

समाज कल्याण परिषद्  अन्यत्रै सर्न परिषद्का पदाधिकारी तथा कर्मचारी सहमत भएपछि उपराष्ट्रपतिको कार्यालय र आवास परिषद्को भवनमा सर्ने भएको हो । यो खबर आजको नेपाल समाचारपत्रमा छ ।