उपत्यकामा सङ्क्रमणको सङ्ख्या बढ्दै गयो अब के गर्ने ?

१८ आश्विन २०७७, आईतवार ०८:०८

डा डीआर उपाध्याय,
·

यति बेला हाम्रो सामु कोरोना भाइरस (कोभिड–१९) को चुनौतीले घेरेको छ । यो चुनौतीले अर्थतन्त्रलाई गम्भीर असर पारेको छ । यसको असरले नेपालको अर्थतन्त्र चलायमान हुन सकेको छैन । धेरैले रोजगारी गुमाएका छन । लगानी घटेको छ । उद्योगधन्दा, कलकारखानामा सवै ठप्प छन । काम गर्न असहज बातावरण सिर्जना भएको छ । कृषि, उद्योग र सेवाको आय घट्दै गएको छ ।
गत पुुसको सुरुमा चीनको वुहानबाट देखिएको यो कोभिड भाइरसले विश्वभर सङ्क्रमण र मृत्युको सङ्ख्या दिनहुँ बढ्दो छ । यो भाइरसले गर्दा नेपालीको जनजीविका गम्भीर रूपमा थला परेको छ । सरकारले क्रमिक रूपमा अर्थतन्त्रलाई चलायमान बनाउँदै लैजाने कार्यनीति लिनु पर्छ । कोरोनाबाट छलिँदै अव अर्थतन्त्र चलायमान बनाउनु पर्ने जरुरी देखिएको छ । सधै भरी यसै गरेर जनताको जनजीवन चल्दैन ।
के कोरोना जोखिम कम भएर अर्थतन्त्रका आयामहरू खुला गरिएको हो ? त्यसो पक्कै होइन । अहिलेको परिस्थितिमा रहरले लकडाउन खुकुलो पारिएको होईन , यो सरकारको बाध्यता हो । उद्यमी व्यवसायीले पनि बारम्बार सरकारलाई अर्थतन्त्र खुला गर्न दबाब र सुझाव दिइरहेका छन । कोरोना भाईरस संग जोगिदै आफना ब्यापार ब्यवसायहरु संचालन गर्नु पर्ने बाध्यता आएको छ ।अहिलेको कोरोनाको प्रभावले सवै क्षेत्रलाई तहस नहस बनाएको छ ।
सरकारले लागू गरेका स्वास्थ्य मापदण्डलाई प्रभावकारी रूपमा लागू गर्दै अर्थतन्त्र चलायमान बनाउनुको अब कुनै विकल्प छैन ।यति बेला हाम्रो सामु गर वा मरको अवस्था सिर्जना भएको छ । हामी सवैले स्वास्थ्य सुरक्षाका उपाय अपनाउने कुरामा बिशेष ध्यान दिने गरौं । राजधानी उपत्यका र त्यसमा पनि काठमाडौँमा कोरोना सङ्क्रमण उत्कर्षमा पुग्दै छ । उपत्यकामा सङ्क्रमणको सङ्ख्या बढ्दै गयो अब के गर्ने ? त्यसका लागि को–को जिम्मेवार छन् ?
काठमाडौँ महानगरपालिकाको केही वडा कार्यालयहरू लगायतका कार्यालयहरुमा असाध्य भीड हुने गर्छ । स्वास्थ्य मापदण्डको कुुनै परिपालना गरिएको छैन । यो बिषयमा अलि सचेत बन्र्ने गरौं । सरकार अब बन्दाबन्दी गर्ने अवस्थातिर जानु हुदैन । राज्यसँग नागरिकलाई सुविधा दिन सक्ने क्षमता छैन । भए पनि वितरण प्रणाली न्यायोचित र प्रभावकारी छैन । विकास निर्माणका कामहरूलाई तीव्रता दिने बाटोमा अघि बढौं । उड्डयन क्षेत्र खुलेसँगै बिस्तारै पर्यटन व्यवसायलाई चलायमान बनाउने कुरामा ध्यान दिएर अघि बढौं ।