उदयपुरमा आमा छोरीको विभत्स हत्या

२५ आश्विन २०७६, शनिबार १४:२५

उदयरपुर , आमा छोरीको उदयरपुर जिल्लाको त्रियुगा नागरपालिका–९ चौकीबारीमा गएराति विभत्स हत्या भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चौकीबारीका स्थानीय ३२ वर्षीया सारदा चौधरी र उनकी ९ वर्षकी छोरी रचना चौधरीको धारिलो हतियार प्रयोग गरेर हत्या भएको हो ।

आज बिहानमात्रै चौधरीका छिमेकीले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको थियो । जिल्ला प्रहरी कार्यालय प्रमुख वीरबहादुर बुढामगरले घटनाको अनुसन्धान जारी रहेको जानकारी दिनु भयो ।

मृतकको श्रीमान वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेको र हत्या गर्ने व्यक्ति अझै पत्ता नलागेकाले सुनसरीबाट तालीमप्राप्त कुकुर झिकाएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।