उच्च हिमाली जिल्लामा चिसोले जनजीवन कष्टकर

२३ पुष २०७७, बिहीबार ११:३३

मुगु । कर्णाली प्रदेशका उच्च हिमाली जिल्लामा चिसोले जनजीवन कष्टकर बन्दै गहेको छ । आइतबार अपराह्नदेखि वर्षा भएसँगै मुगु, हुम्ला, जुम्ला, डोल्पालगायतका जिल्लाहरूमा अत्यधिक चिसोले जनजीवन कष्टकर बनेको हो ।

मौसम परिवर्तनसँगै आइतबारदेखि निकै चिसो बढ्दै गएपछि उच्च हिमाली क्षेत्रको जनजीवन झनै कष्टकर बनेको स्थानीयले बताएका छन् । तापक्रप पनि माइनसम ८ डिग्रीमा झरेको छ ।चिसाले सरकारी तथा गैरसरकारी संघ–संस्थाका सेवामा पनि कठिनाइ भएका छन् । चिसोले गाई, बाख्रा, मेलापात जस्ता दैनिकीमा पनि समस्या भएको स्थानीयले बताएका छन ।