ईलाममा युवति बेच्ने दूईजना पक्राउ

१ आश्विन २०७५, सोमबार १०:०२

इलाम । ईलाममा युवति बेचविखन गर्ने दुईजना पक्राउ परेका छन् । उनीहरुले युवतिलाई विवाह गर्छु भनेर ललाई फकाई भारततर्फ लैजादै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुसंगै पाँचथरको फिदिम नगरपालिका ५ की १९ वर्षीय युवतीलाई पनि उध्दार गरेको छ । उनीहरुलाई इलामको पशुपतिनगर नाकाबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत दार्जिलिङ्ग जिल्लाको सुकिया बस्ने दलवीर मुखिया र दार्जिलिङ्गकै राङ्गबाङ्ग बस्ने आयुष विक रहेका छन् ।

पक्राउ परेका ४२ वर्षका मुखिया र २२ वर्षका विकलाई जिल्ला अदालतमा बुझाइएको छ । उनीहरुलाई मानव बेचविखनसम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरीले जनाएको छ ।