इलामको राँके बजारमा आगलागी हुँदा दुई करोडको क्षति

१८ भाद्र २०७५, सोमबार ०९:००

इलामको राँके बजारमा आगलागी हुँदा २ करोड बराबरको क्षति भएको छ । राँके बजारमा आइतबार राति आगलागी भएको छ । ईलामको देउमाई नगरपालिका १ राँके उक्त बजारमा आइृतबार राति आगलागी भएको हो ।

आगलागीबाट राँके बजारमा रहेको ठालुमान श्रेष्ठको पाँच तले घर , घरमा रहेको लत्ता कपडा अन्य जिन्सी मालसामान , जित बहादुर बस्नेतको किराना पसल र शिब बहादुर विष्टको जुत्ता चप्पल पसल पूर्णरुपमा जलेर नष्ट भएको हो ।

राति ९ बजेबाट सुरु भएको आगो प्रहरी र स्थानीयले नियन्त्रणमा लिने प्रयास गरेका थिए । तर राँकेमा कच्ची घरहरू भएकाले आगो नियन्त्रणमा लिन समस्या भएको थियो ।

इलामबाट गएको दमकल बाटैमा बिग्रिएपछि पाँचथर फिदिमबाट आएको दमकल, स्थानीय र प्रहरीको सक्रियतामा ४ घण्टापछि पूर्ण रुपमा आगो नियन्त्रणमा लिइएको थियो ।

स्थानीय ठालुराम श्रेष्ठको घरबाट विद्युत सर्ट भई सुरु घटना भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । राँके बजारमा यस अघि पनि आगलागी भएको थियो ।