इंग्ल्याण्ड २ रनले विजयी, तर न्यूजिल्याण्ड फाइनलमा

६ फाल्गुन २०७४, आईतवार ११:०४

फागुन ६, काठमाडौं ।

त्रिदेशीय श्रृङ्खलामा इंग्ल्याण्डले न्यूजिल्याण्डलाई २ रनले हराएको छ । तर, फाइनलमा भने किवी टोली पुगेको छ ।

इंल्याण्डले दिएको १९५ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डले २० ओभरमा ४ विकेट गुमाएर १९२ रन मात्र बनाउन सक्यो ।


उसका लागि मार्टिन गुप्टिलले ६२ र कोलिन मुन्रोले ५७ रन बनाउँदा मार्क च्यापम्यानले ३७ रनमा अविजित रहे । लामो समय हङकङबाट खेलेका च्यापम्यानले हालै मात्र न्यूजिल्याण्डबाट डेब्यू गरेका थिए ।

यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले इयान मोर्गानको अविजित ८० रनको मदतमा २० ओभरमा ७ विकेट गुमाएर १९४ रन बनाएको थियो । उसका डेविड मलानले ५३ र जेसन रोयले २१ रन जोेडे ।

यो जितसँगै इंग्ल्याण्ड अंकविहीन हुनबाट जोगियो ।

न्यूजिल्याण्ड र इंग्ल्याण्डको समान २-२ अंक भए पनि रन रेटमा घरेलु टोली अगाडि रहृयो र फाइनलमा स्थान बनायो