आशुँ बेच्ने शहर’ सार्वजनिक (भिडियो सहित)

२२ कार्तिक २०७६, शुक्रबार १८:०३

काठमाडौँ , गायिका धना परियार र गायक डिजे प्रज्वल को स्वरमा लोकदोहोरी गीत ‘आशुँ बेच्ने शहर’ सार्वजनिक भएको छ । उक्त गीतको भिडियो युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा मायालुको यादमा सपनाको संसारमा रमाउने प्रेमिल जोडीको मनको विरही भावलाई गीतमा समेटिएको छ । गीतमा डिजे प्रज्वलको शब्द सिर्जना तथा संगीत रहेको छ ।

गीतको भिडियोमा बविता श्रेष्ठको निर्देशन रहेको छ भने प्रकाश खड्काको छायांकन रहनुका साथै राजेश कुमारले सम्पादन गरेका हुन् । त्यसैगरी भिडियोमा सारिका केसी र ओम छिनालले अभिनय गरेका छन् ।