आवश्यकता र औचित्य पुष्टि भए मात्र संविधान संशोधन हुन्छः मन्त्री बाँस्कोटा

२१ श्रावण २०७६, मंगलवार १४:४९

जनकपुरधाम , सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले संविधान संशोधनको औचित्य पुष्टि भए मात्र संविधान संशोधन हुने बताउनु भएको छ ।

नेपाल पत्रकार महासंघ धनुषाको आयोजनामा जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले संशोधनको समय, आवश्यकता र औचित्य पुष्टि भए मात्रै संशोधन गरिने बताउनु भयो । उहाँले भन्नु भयो, ‘संविधान कुनै गीता, रामायण वा कुनै धर्मग्रन्थ नरहेकाले यी कुरा पुष्टि भए सरकार जतिबेला पनि संविधान संशोधनका लागि तयार हुन्छ ।’

सरकारले समाजवादी पार्टीसँग संविधान संशोधनका लागि सम्झौता गरेको छ नि भन्ने प्रश्नमा मन्त्री बाँस्कोटाले नेपाली जनता र सबै दलले आवश्यकता महसुस गरे मात्र संविधान संशोधन हुने बताउनु भयो ।