आलोपालो प्रधानमन्त्रीः दौडधुपमा दाहाल, ओलीबाट धोका

३ कार्तिक २०७६, आईतवार ०८:४८

काठमाडौं, नेपाल कम्युनिष्टट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीबाट धोका भएको गुनासो सचिवालय सदस्यहरुसँग गर्न थालेका छन् ।

पार्टी एकताका बेला आलोपालो प्रधानमन्त्री बन्ने समझदारी भए पनि ओलीका गतिविधिबाट त्यो पालना नहुने महसुस दाहालले गरेका छन् ।

दाहालले केही दिनअघि सचिवालय सदस्य ईश्वर पोखरेललाई उनकै घरमा भेटेर एकताका बेला भएको समझदारी कार्यान्वयन हुन नसकेको गुनासो पोखेको स्रोतले बतायो ।
एकतापछि दाहाल र पोखरेलबीच बहुदलीय जनवादको विषयमा मत बाझिएको थियो । यो समाचार आजको नागरिक दैनिकमा छ ।