आयोगलाई कम्युनिष्टको भर्ती केन्द्र बनाएः रामचन्द्र पौडेल

८ माघ २०७५, मंगलवार १८:०७

बुटवल , नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले संवैधानिक अंगहरुलाई कम्युनिस्टको भर्तीकेन्द्र बनाएको आरोप लगाउनु भएको छ ।

बुटबलमा प्रजातान्त्रिक विचार समाजले गरेको कार्यक्रममा उहाँले प्रमुख प्रतिपक्षी दलको नेताविनै संवैधानिक परिषदको बैठक बोलाएर आफ्ना मान्छेमात्र नियुक्त गरिएको आरोप लगाउनु भयो ।‘सरकारले विपक्ष दलको नेता विना संबैधानिक आयोगमा व्यक्तिको नियुक्ति गरेको छ,यो लोकतन्त्रमाथि प्रहार हो, यसलाई गम्भीर रुपमा लिनुपर्छ, आयोगलाई कम्युनिष्टको भर्ती केन्द्र बनाए’ नेता पौडेलले भन्नु भयो ।उहाँले सरकारले लोकतन्त्रलाई भर्याङ बनाएर अधिनायकवादको बाटोमा हिँडेको आरोप लगाउनु भयो ।