‘आमाले किनिदिएको रातो साडीमा’ बोलको तीज गीत सार्वजनिक

१२ भाद्र २०७६, बिहीबार १३:४६

काठमाडौं, नेपाली नारीहरुको महानपर्व तीज आउन अब धेरै दिन छैन । तीज जति नजिकिँदै छ, तीज गीत पनि आउनेक्रम जारी छ । यसै सिलसिलामा पछिल्लो समयकी चर्चित गायिका उषा मलाहले आफ्नै शब्द तथा स्वरमा ‘आमाले किनिदिएको रातो साडीमा’ बोलको तीज गीत सार्वजनिक गरेकी छन् ।
केही साताअघि मात्र ‘झापाको सुपारी’ बोलको गीत ल्याएकी उषाले तीजलाई लक्षित गर्दै ‘आमाले किनिदिएको रातो साडीमा’ ल्याएकी हुन् ।
अधिकांश गायक÷गायिकाले तीजका गीत भिडियोसहित ल्याएका छन् । तर, उषाले भने अडियोमात्र सार्वजनिक गरेकी छन् ।
बिकास चौधरीको संगीत रहेको उक्त गीत उषाले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन् ।