आममतदातालाई निर्वाचनमा ढुक्क भएर मतदान गर्न आयुक्त यादवको आग्रह

६ मंसिर २०७४, बुधबार ०८:२८

मंसिर, ६ काठमाण्डौ ।
आममतदातालाई निर्वाचनमा ढुक्क भएर भयरहति बाताबरणमा मतदान गर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।

आसन्न प्रदेशसभा र प्रतिनिधिसभा प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवले केही ठाउँमा देखिएको सुरक्षा चुनौति पनि सम्बोधन भईसकेको बताउदै अब ढुक्क भएर मतदानमा सहभगी हुन अनुरोध गर्नुभएको छ । आईतबार पहिलो चरणमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनबारे संचारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै यादवले आम मतदाता डर, भय र त्रासमुक्त भएर मतदातामा भाग लिन आतुर देखिएको पनि बताउनुभयो । प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनका लागि सुरक्षाको पूर्ण प्रत्याभूति भईसकेको पनि उललेख गर्नुभयो । उहाँले सबै ठाउँमा सुरक्षाको सुदृढ व्यवस्था गरिएको बताउदै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न गर्न संचार माध्यमको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले निर्वाचन संघीयता, गणतन्त्रसहितको उपलब्धिलाई संस्थागत गर्ने आधारशीला भएकाले त्यसलाई सफल बनाउन संचारमाध्यमले सन्तुलित भूमिका खेल्नुपर्नेमा पनि जोड समेत दिनुभयो । निर्वाचन आयोगले पहिलो चरणमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भईसकेको पनि स्पष्ट पारेको छ ।