आफ्नै साथीबाट छुरा प्रहार

२ मंसिर २०७६, सोमबार ११:०९

काठमाडौं , राजधानीको बसन्तपुरमा मादक पदार्थ सेवन गरेका दमाई टोलका ४५ वर्षीय अरुण चित्रकारको आफ्नै साथिले हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मदिरा सेवनका क्रममा चित्रकारका साथि ४६ वर्षीय मनिषकुमार खड्गीले जहिले पनि हेप्ने भन्दै छुरा प्रहार गरी हत्या गरेका हुन् । प्रहरीले कामनपा (१२ ह्युमत टोल बस्ने खड्गीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

मादक पदार्थ सेवन गरी दुवै जनाबीच सामान्य विवाद भएको र छुरा प्रहारपछि खड्गीले नै चित्रकारलाई उपचारका लागि ट्रमा सेन्टरमा लगेका थिए । प्रहरीसँगको बयानमा खड्गीले चित्रकारले आफूलाई सधैं हेप्ने गरेकाले रिसको झोंकमा छुरा प्रहार गरेको बताएका छन् ।