आन्तरिक मूल्यांकनबाटै एसइईको प्रमाणपत्र दिऊँः प्याब्सन

२३ बैशाख २०७७, मंगलवार १३:२१

काठमाडौं , निजी तथा आवसीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनले कोरोना भाइरसको महामारीका कारण माध्यामिक शिक्षा परीक्षा (एसइई) सम्भव नभएको भन्दै आन्तरिक मूल्यांकनका आधारमा प्रमाणपत्र वितरण गर्न सरकारलाई सुझाव दिएको छ।

प्याब्सनले २०७६ सालको परीक्षामा सम्मिलत हुने विद्यार्थीहरुका लागि मात्र लागू हुने गरी विद्यलायहरुले गरेका आन्तरिक मूल्यांकनलाई नै राष्ट्रिय परीक्षा बोर्डले प्रमाणिकरण गरी ग्रेट शिट र प्रमाणपत्र दिने व्यवस्था गर्न उपयुक्त हुने सुझाव दिएको हो । कोरोनाको संकट बढेपछि चैत अन्तिममा हुन लागेको एसईई परीक्षा अन्तिम समयमा स्थगित गरिएको थियो।यो पटकको परीक्षामा ४ लाख ८२ हजार विद्यार्थी सहभागी थिए।देशभर १९९५ केन्द्र तोकिएको अवस्थामा परीक्षा अन्तिम समयमा स्थगित गरिएको थियो।