आज सुनको मूल्य ६२ हजार २ सय रुपैयाँ कायम

१६ माघ २०७५, बुधबार १४:०३

काठमाडौं, पछिल्ला दिनहरुमा सुनको मूल्य आकाशिएको छ । आज सुनको मूल्य ६२ हजार २ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबारको तुलनतामा आज सुन तोलामा सात सय रुपैयाँले बढेको हो । अघिल्लो कारोबारमा सुन ६१ हजार ५ सय रुपैयाँ थियो ।तेजावी सुन भने प्रतितोला ६१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।यता, चाँदीको मूल्य प्रतितोला ७८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।