आज सुनको भाउ कति ?

१६ मंसिर २०७७, मंगलवार ११:५५

Gold bars

काठमाडौं , सुनको भाउ मंगलबार प्रतितोला ५ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९० हजार ५ रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९० हजार ५० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला ११ सय ५५ रुपैयाँ कायम भएको छ ।

यसअघि सोमबार छापावाल सुनको भाउ तोलाको ९० हजार रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ८९ हजार ५५० सय रुपैयाँ निर्धारण भएको थियो । चाँदीको भाउ प्रतितोला ११ सय २० रुपैयाँ कायम भएको थियो ।