आज लकडाउनको ६२ दिन

११ जेष्ठ २०७७, आईतवार १५:२०

काठमाडौं , सरकारले कोभिड १९ संक्रमण जोखिम कम गर्न जारी गरेको लकडाउनको आज ६२ दिन पुगेको छ ।

सरकारले गत चैत ११ गते देखि लकडाउन गरेको हो । लामो समयसम्म लकडाउन हुँदा जनजीवन प्रभावित भएको छ । अत्यावश्यकबाहेक सबै सेवा ठप्प छन् । यति बेला देशभर संक्रमितको संख्यामा वृद्धि भएसँगै सरकारले पनि लकडाउनलाई कडाइ गरेको छ । सरकारले पटक पटक म्याद थप्दै जेठ २० गतेसम्मका लागि लकडाउन घोषणा गरेको छ ।