आज प्याथोलोजी दिवसः ल्याब परीक्षणमा जानुअघि ध्यान दिनुपर्ने ६ कुरा

२९ कार्तिक २०७४, बुधबार ०४:२७

कात्तिक २९, काठमाडौं– शरिरमा भएका समस्या पत्ता लगाउन प्रयोगशाला (ल्याब) परीक्षण गर्ने गरिन्छ । प्रयोगशाला परीक्षणमा सही रिपोर्ट आएन भने बिरामीको उचित उपचार समेत हुँदैन । त्यसकारण प्रयोगशालामा सही रिपोर्ट आउन बिरामीले समेत केही कुरामा ध्यान दिन आवश्यक छ । ल्याब परीक्षण गर्न जानु २४ घण्टा अघिदेखि नै विशेष तयारी गर्न आवश्यक छ ।

ल्याब परिक्षणमा जानु अघि गर्न नहुने ६ कुरा निम्न छन्
१. २४ घण्टा अघिदेखि कुनै पनि भारी एक्सरसाइज गर्नु हुँदैन ।
२.ं १२ घण्टा अगाडीदेखी (बेलुका खाना खाएपछि जाँच्ने समयसम्म) पानी बाहेक अन्य खानेकुरा तथा तरल पदार्थ खानु हुँदैन ।
३. धुम्रपानको अम्मली हुनुहुन्छ भने एक घण्टा अघिदेखि धुम्रपान गर्नु हुँदैन ।
४. परीक्षणको १५ मिनेट अघि नै पुगेर आरामसँग बस्नुपर्छ । हातारिँदै वा तनावमा ल्याबमा जानु हुँदैन ।
५. आफूले इन्सुलिन तथा अन्य कुनै औषधि सेवन गरिरहेको भए त्यस बारे जानकारी गराउनु पर्छ ।
६. रगत तथा अन्य नमूना संकलनका लागि ल्याबमा जाँदा अप्ठ्यारो र डर महशुस गर्नुहुँदैन।

स्रोत ः सम्यक डाइग्नोस्टिक