आज पाँचौँ राष्ट्रिय पत्रकारिता दिवस

२४ बैशाख २०७७, बुधबार १३:२३

काठमाडौं , आज पाँचौ राष्ट्रिय पत्रकारिता दिवस। कोरोना भाइरस संक्रमणको जोखिमका कारण मुलुक लकडाउन भएका कारण यस वर्ष औपचारिक कार्यक्रमको आयोजना गरिएको छैन्। नेपालमा गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरिएको थियो।

त्यस्तै सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रिय रुपमै मनाउन मान्यता दिएपछि यो दिवस मनाउन वैशाख २४ गते मनाउन थालिएको हो। विक्रम सम्वत १९५८ वैशाख २४ गतेदेखि साप्ताहिक रूपमा गोरखापत्रको प्रकाशन सुरु भएको हो।