आज पनि सुनको मूल्य बढ्यो

२४ माघ २०७६, शुक्रबार १३:२४


काठमाडौं , दुई दिनदेखि निरन्तर ओरालो लागेको सुनको मूल्य साताको अन्तिम दिन आज भने बढेको छ । नेपाली बजारमा आज सुनको मूल्य चार सय रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज शुक्रबार बढेर ७५ हजार ६ सय पुगेको छ ।