आज पनि सुनको भाउ एक हजारले बढ्यो

२३ श्रावण २०७७, शुक्रबार १४:१५

काठमाडौं , आज पनि सुनको भाउ तोलामा एक हजार रुपैयाँ बढेको छ। हिजो १ लाख २ हजार ५ सय रुपैयाँ रहेको छापावाल सुन आज तोलामा १ लाख ३ हजार ५ सय पुगेको छ। आज चाँदी पनि तोलामा ६० रुपैयाँ महंगो भएको छ। हिजो १३ सय ४५ रुपैयाँ तोला रहेको चाँदी आज १४ सय ५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।