आज नेकपा स्थायी कमिटी बैठक

२८ मंसिर २०७७, आईतवार ०८:२०

काठमाडौ, नेकपा स्थायी कमिटीको बैठक आज दिउसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्दैछ। बैठकअघि दुई अध्यक्षबीच सहमतिको प्रयास जारी राखिएको छ।


अघिल्लो बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली सहभागी हुनु भएको थिएनन्। उहाँले अर्का अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको ‘आरोप पत्र’माथि छलफल हुन नसक्ने भन्दै पत्र पठाउनु भएका थियो। उहाँको पत्र इश्वर पोखरेलले बैठकमा प्रस्तुत गर्नु भएको थियो ।