आज देशभर थपिए ३ हजार ४३९ जना संक्रमित

२१ आश्विन २०७७, बुधबार १६:५७

काठमाडौं , बुधबार देशभर ३ हजार ४३९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज ३ हजार ४३९ जनामा कोरोना पुष्टि भएको जानकारी दिनु भयो ।
योसँगै देशैभर कुल कोरोना संक्रमित संख्या ९४ हजार २५३ जना पुगेको छ । पछिल्लो पटक बुधबार ३ हजार ४३९ जना संक्रमित थपिएका हुन् । यसैगरी ६८ हजार ६६८ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा १ हजार १२६ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको डा गौतमले बताउनु भयो । यसैगरी काठमाडौं उपत्यकामा पनि जना नयाँ संक्रमित थपिएका छन् ।

काठमाडौंमा १ हजार २९६, भक्तपुरमा ९५ र ललितपुरमा २९३ गरि जम्मा १ हजार ६८४ जना संक्रमित थपिएका हुन् । यही संक्रमित मध्येबाट ५७८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १५ जना संक्रमितको मृत्यु भएको हो ।