आज देशका यी स्थानमा हिमपात हुने सम्भावना

२३ पुष २०७६, बुधबार ११:१३

काठमाडौं , काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा आज पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं उपत्यका सहितका अन्य स्थानमा मेघगर्जनसहित पानी पर्ने जनाइएको छ । आज काठमाडौं उपत्यकासहित मध्य र पूर्वका स्थानमा पानी पर्ने जनाइएको छ । त्यस्तै उच्च हिमाली तथा पहाडी भेगमा हिमपात हुने सम्भावना रहेको छ । बुधबार र बिहीबार देशका विभिन्न स्थानको मौसममा बदली हुने जनाइएको छ । शुक्रबारदेखी मौसम खुल्दै जाने जनाइएको छ ।