आज देशका यी स्थानमा बर्षा र हिमपात हुने सम्भावना

२३ माघ २०७६, बिहीबार १०:५९


काठमाडौं , आज देशका केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका आज देशको पूर्व र पश्चिम पहाड केहि स्थानमा हल्का पानी पर्ने सम्भावना रहेको छ । स्थानीय वायुको प्रभावले देशका केहि स्थानमा बदली हुने सम्भावना रहेको बताइएको छ ।
आज पुर्व र पश्चिमका उच्च पहाडी र हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ । आज पुर्व र पश्चिमका केहि स्थान बाहेक अन्य स्थानमा भने मौसम सफा रहने मौसमविद्ले जनाएका छन् ।