आज थप ६२९ जनामा कोरोना पुष्टि, कुल संख्या १०,७२८ पुग्यो

१० असार २०७७, बुधबार १६:३९

काठमाडौं , बुधबार थप ६२९ जनामा कोरोना पुष्टि भएको छ । आज ६२९ जनामा कोरोना पुष्टि भएको काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनु भयो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या १०,७२८ जना पुगेको छ । पछिल्लो पटक बुधबार ६२९ जना संक्रमित थपिएका हुन् । यसैगरी, २३३८ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । साथै, यही संक्रमित मध्येबाट २४जनाको मृत्यु भएको छ ।