आज काग तिहार मनाइँदै

९ कार्तिक २०७६, शनिबार ०९:३९

काठमाडौं , आज काग तिहार मनाइँदै छ । आज त्रयोदशी तिथी परेकाले काग तिहार पनि आज मनाउनु पर्ने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने परम्परा छ । कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो मीठो खाना खुवाएर खुसी पार्ने चलन छ ।