आजदेखि वर्षा कम हुन्छ, ४ दिनपछि मनसुन सकिन्छ

२ आश्विन २०७६, बिहीबार १२:३२

काठमाडौं , जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार अहिले देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली भइ केही स्थानमा हल्का वर्षा भइरहेको छ । आज अपरान्हपछि मौसममा क्रमिक सुधार हुँदै जाने महाशाखाले बताएको छ । महाशाखाले आज अपरान्हपछि मौसममा केही सुधार हुने जनाएको हो ।

अबको चार दिनपछि अर्थात सेप्टेम्बर २३ पछि यसपालिको मनसुन सकिँदैछ । यद्यपि यो क्रम सेप्टेम्बर महिना भरी जारी हुन सक्ने समेत मौसमविद्हरुको भनाई रहेको छ । मौसमविद् बरुण पौडेलका अनुसार देशको पूर्वी र सुदूरपश्चिमका भागहरुमा आज आकाश खुलिसकेको छ मध्य क्षेत्रको आकाशमा भने बादल लागिरहेको भएपनि विस्तारै वर्षा कम हुनेछ ।