आजदेखि अन्नपूर्ण होटलमा शैक्षिक मेला

१७ श्रावण २०७६, शुक्रबार १२:५०

काठमाण्डौ , ‘उच्च शिक्षा नेपालमै’ भन्ने नारासहित आजबाट दुईदिने शैक्षिक मेला काठमाडौंको दरबारमार्गस्थित अन्नपूर्ण होटलमा हुने छ  । कक्षा १२ उत्तीर्ण गरी स्नातक तह अध्ययन गर्ने तयारीमा रहेका विद्यार्थीलाई लक्षित शैक्षिक मेलाको आयोजना गरिएको हो  ।
एजुकेसनडटकम र भिजन मिडियाले आयोजना गरेको यो छैटौं संस्करण हो । स्वदेशका उत्कृष्ट शैक्षिक कार्यक्रमहरू र शैक्षिक संस्थाबारे जानकारी दिलाउनु मुख्य उद्देश्य रहेको आयोजक संस्थाले बताएको छ ।
मेलामा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग आवद्ध ४२ भन्दा बढी कलेजहरू सहभागी हुने छन् । ती संस्थाका प्रतिनिधिहरूले विद्यार्थीलाई निःशुल्क परामर्श दिने छन् ।

विद्यार्थीले बीबीए, बीआईटी, बीआईएम, बीएचएम, बीटीटीएम, बीबीएम, बीएचटीएम, बीएसडब्लु, बीबीएस, बीएस्सी, सीएसआईटी, बिडेभ्स, एमबीए लगायत कोर्सबारे जानकारी पाउने छन् ।