आगलागीमा परेर दुइको मृत्यु

९ कार्तिक २०७५, शुक्रबार ०९:३०

दोलखा को गौरीशंकर गाउँपालिकामा आगलागीमा परेर हजुरआमा र नातिको ज्यान गएको छ ।

गौरीशंकर गाउँपालिका ९ मा रहेको टासिनाम शेर्पा गाउँका गोपाल शेर्पाको घरमा आगो लाग्दा  ८० वर्षकी आमा डालकी र १२ वर्षका छोरा मिङमा शेर्पाको जलेर ज्यान गएको प्रहरीले जनाएको छ ।राति साढे २ बजेतिर लागेको आगोमा परेर शेर्पाका १५ वर्षका अर्का छोरा फूर्साङ घाइते भएका छन् । फूर्साङलाई उपचारका लागि चरिकोट पठाइएको प्रहरीले जनाएको छ ।