आगलागि हुदाँ २५ लाखको क्षति

१६ बैशाख २०७५, आईतवार ०६:२९

वैशाख १६, काठमाडौं ।

सर्लाही जिल्लाको प्रमुख व्यापारिक केन्द्र बरहथवा बजारस्थित पसलमा आगलागी हुँदा १५ लाख रूपैंया बराबरको क्षति भएको छ ।

बरहथवा नगरपालिका–६ स्थित रामेश्वर साहको घरमा भाडामा रहेको सोही ठाउँ निवासी संजय साहको ओम साई टे«डर्स किचन हाउस नामक पसलमा आगलागी भएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । बिहीबार मध्यराति भएको आगलागीबाट पसलमा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ । आगलागीबाट १५ लाख रूपैयाँ बराबरको नोक्सान भएको बताइएको छ ।

विद्युत सर्ट भइ आगलागी भएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दा, सुरक्षाकर्मी लगायतको प्रयासमा पौने घन्टामा आगलागी नियन्त्रणमा लिइएकाले थप ठूलो क्षति हुनबाट जोगिएको बरहथवा प्रहरीले जनाएको छ ।