आगलगीमा ५ घर जलेर नस्ट, १० लाख मुल्य बाराबरको क्षति

२३ चैत्र २०७४, शुक्रबार १०:३१

चैत २३, काठमाडौं ।

पर्साको धोबोनी गाउँपालिका-१ पिपरामा आगलगी भएको छ ।

आगलागीमा परी स्थानीय विगा बैठा, नथुनि बैठा, रामबालक बैठा, बिसनाथ तुरहा र गङ्गा महरा चमारको फुसको घर पूर्ण रुपले जलेर नस्ट भएको छ ।

 

बिगा बैठाको घरमा बिधुत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलगीमा परी लत्ताकपडा, गरगहना, नगद जलेर नष्ट भएको छ ।

 

आगलागीबाट १० लाख मुल्य बाराबरको क्षति भएको प्रहरी कार्यालय पर्साले जनाएको छ ।

 

बिहान साढे ११ बजे सल्केको आगो दिउँसो पौने दुई बजे नियन्त्रणमा आएको थियो ।

 

वीरगञ्ज महानगरपालिका र पोखरिया नगरपालिकाबाट गएको बारुण यन्त्रको सहयोगमा स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी मिलेर आगो नियन्त्रणमा लिएका थिए ।