आकर्षक जागिर लगाइदिने प्रलोभन दखाएर ३३ लाख ठगी

२३ फाल्गुन २०७४, बुधबार ०९:१२

फागुन २३, काठमाडौं ।

स्पेन र पोर्चुगलमा आकर्षक जागिर लगाइदिने प्रलोभन दखाएर ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मकवानपुरको भिमफेदी घर भइ हाल काठमाडौं बस्दै आएका ३१ वर्षीय आर्यन लामा छन् ।

उनले खोटाङ निर्मली डाँडा–१ का निरकाजी बस्नेतसहित ४ जनालाई ३३ लाख रुपैयाँ ठगी गरेको आरोप लागेको छ ।

विदेश नपठाएपछि पीडितले रकम फिर्ता माग्दा दुई सहकारीको चेक दिए पनि खातामा मौज्दात रकम नभएको खुलेपछि पीडितले उजुरी दिएका थिए ।

अनुसन्धानका क्रममा उनले दोलखा घर भएका मोहन प्रधान र कारसाङ तामाङलाई समेत कतार एयरवेजमा काम लगाइदिने भनेर ३ लाख ५० हजार रुपैयाँ ठगी गरेको भेटिएको छ ।

थप अनुसन्धान भइरहेको छ ।