आई-लिग किरणको टिमले जित्यो, बिमलको टिम कति ?

२५ फाल्गुन २०७४, शुक्रबार ०८:१९

फागुन २५, काठमाडौं ।

नेपाली गोलरक्षक किरण चेम्जोङ आवद्ध मिनर्वा पञ्जाबले आई- लिग फुटबलको उपाधि जितेको छ ।


बिहीबार भएको लिगको अन्तिम खेलमा चर्चिल ब्रदर्शलाई १-० ले हराउँदै मिनर्वा पञ्जाबले उपाधि उचालेको हो । उसको जितमा १५ औं मिनेटमा विलियन ओपोकूले गरेको गोल नै निर्णायक बन्यो ।

दोस्रो हाफमा चर्चिल ब्रदर्शका दावद सिसेको लामो प्रहारलाई किरणले असफल पारेका थिए ।

यो जितसँगै मिनर्वा पञ्जाबले १८ खेलबाट ३५ अंकका साथ लिग टुंग्यायो ।

नेराको दोस्रो भयो भने नेपाली युवा फुटबलर बिलम घर्ती मगरको टिम मोहन बगान ३१ अंकसहित तेस्रो भएको छ ।